निर्वाचन र मन्त्री हेरफेरको विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

निर्वाचन र मन्त्री हेरफेरलगायतका विषयमा छलफलका लागि गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको हो। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक जारी रहेको र बैठकमा समसामयिक विषयमा छलफल भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, प्रदेश र स्थानीय तह निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन्।

See More On

सुझावित समाचार