विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन कांग्रेस महामन्त्रीद्वयको आयोगलाई ध्यानाकर्षण

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगकाे ध्यानाकर्षण गराएका छन्।

महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका हुन्। भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यसप्रति आयोग सकारात्मक रहेको र यसका लागि कानुन संशोधनको प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराएका थिए।

सुझावित समाचार