एक वर्षअघि प्रतिलिटर १२८ को पेट्रोल अहिले १९९ रुपैयाँ

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

एक वर्षको अवधिमा पेट्रोलको मूल्य ६४ प्रतिशतले वृद्धि

नेपालमा एक वर्षको अवधिमा पेट्रोलको मूल्य ६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ३० असारमा पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ थियो, सोमबारदेखि १९९ रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य एक वर्षमा ५७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ३० असारमा डिजेल र मट्टीतेलको मूल्य १११ रुपैयाँ थियो, अहिले १९२ रुपैयाँमा बिक्री गरिँदै छ । ग्यास अघिल्लो वर्षको जेठमा प्रतिसिलिन्डर १६ सय रहेकोमा अहिले १८ सय पुर्याइएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले जनताको ढाड सेक्ने गरी सरकारले मनलाग्दी मूल्यवृद्धि गरेको बताए ।

‘सरकारले आफ्नो मात्र निजी स्वार्थ हेर्ने काम गरेको छ, तर जनता कुन अवस्थाबाट गुज्रिएका छन् भन्ने हेक्का छैन, यो जनतामाथिको अन्याय हो,’ उनले भने । नेपाल आयल निगमले भने रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि बाध्य भएर बढाउनुपरेको बताउने गरेको छ । 

See More On

सुझावित समाचार