नेपाल बैंकका नवनियुक्त सञ्चालकको शपथ

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

नेपाल सरकारको तर्फबाट नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनीत भएका छन् । उनले सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शपथपछि सञ्चालक समितिका अध्यक्ष अर्यालले सार्वजनिक प्रशासन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएको भन्दै खुसी व्यक्त गरेका थिए । साथै, सञ्चालक सदस्यबाट बिदा भएका रितेशकुमार शाक्यलाई अध्यक्ष अर्यालले धन्यवाद व्यक्त गरेका थिए । नवनियुक्त सञ्चालक शर्माले नेपालको पहिलो बैंकको सञ्चालकको जिम्मेवारीका लाागि सरकारलाई धन्यवाद दिए । आफ्नो कार्यकालमा बैंकको सर्वोपरी हितमा सक्दो योगदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनियुक्त सञ्चालक शर्मालाई स्वागत गरेका थिए । प्रमुख कार्यकारी अधिकृत अधिकारीले शर्माको ज्ञान तथा अनुभवबाट  नीति–निर्माण र व्यावसायिक विकासमा बैंकले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । 
 

सुझावित समाचार