हरिवन प्रहरीले सर्लाहीको हरिवन नगरपालिकास्थित कडरिया चोकको एक घरबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रकम समेत बरामद भएको प्रहरीले जनाएको छ ।
आईतवार साँझ ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले छापा मारेर जुवा खालबाट लाखौँ रुपैयासहित जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लामो समयदेखि जुवाखाल संचालन भइरहेको सुराकीको आधारमा छापा मारेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ परेका जुवाडे र जुवा खालबाट बरामद भएको पैसाबारे एकिन विवरण आउन बाँकी रहेको छ ।
पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाको समेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए ।