विद्युत् नियमित गर्ने प्रतिबद्धतापछि कार्यालयमा लगाइएको ताला खोलियो

आइतबार, ५ असार, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा लगाइएको ताला खोलिएको छ। कार्यालय प्रमुख ज्ञानबहादुर फर्सालले विशेष सिस्टममा हुने प्राकृतिक वा प्राविधिक फल्ट तथा लाइन मर्मत गर्दा अवरुद्ध भएमा बाहेक अन्य समयमा विद्युत् नियमित सुचारु गर्ने लिखित प्रतिबद्धता जनाएसँगै उपभोक्ताले ताला खोलेका हुन्।

तुलसीपुरका उपभोक्ताहरूले नियमित रूपमा विद्युत् दिन माग गर्दै बिहान साढे १० बजेतिर तालाबन्दी गरेका थिए। विद्युत् नियमित गर्ने लिखित प्रतिबद्धतासँगै ताला खोलिएको हो।

विद्युत् नियमित गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले समेत केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ। पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत्र अनियमित भई समस्या बढेपछि मारमा परेका उपभोक्ताले वितरण केन्द्रमा ताला लगाएका थिए।

सुझावित समाचार