शिक्षित मान्छे बस्ने सहरका फोहोरी पोखरी (फोटोफिचर)

शनिबार, ४ असार, २०७९
डिजिटल संस्करण

आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरूको सहर हो काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं सहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर, आफ्नो शिक्षालाई व्यावहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ । हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानुनका कुरा गर्छौं, तर पालना गर्न त्यत्तिकै पछि छौँ । सहरमा शिक्षित मानिसको बसोवास रहे पनि नैतिकता भने  देखिन्छ ।

शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । जनचेतना भएर पनि प्रयोगात्मक रूपमा कमजोर छन्।  शिक्षित सहरका मानिसहरू । यो हेर्न र प्रमाणित गर्न अन्त जानैपर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरूको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ । देशको संघीय राजधानी हो काठमाडौं । मल्लकालीन सभ्यता र कलाको नगरीका रूपमा परिचित काठमाडौं पहिचान बोकेको सहर हो । तर, आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरीत छ भन्दा फरक पर्दैन ।

काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन । करोडौं खर्च गरेर सिँगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाउँको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ । उपत्यकाभित्रका केही पोखरीको दृश्य:

तस्बिर : न्युज एजेन्सी 

सुझावित समाचार