बाग्लुङको बडिगाडमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका– २ सकनेराका ३२ वर्षीय छविलाल बलामी रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान बडिगाड गाउँपालिका– ५ स्थित खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
बलामीसँगै गएका अन्य स्थानीय पाँचजना भने सकुशल रहेको खड्काले बताए । बलामीको शवलाई अहिले पोस्टमार्टमका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।