जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट अधिकारी जिसस अध्यक्ष चयन भएका हुन्। दुवै उम्मेदवारले सात–सात मत ल्याएका थिए।
पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट प्रमुखको उम्मेदवार थिए। गोलाप्रथाबाट उनी पराजित भए। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए।
उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छिन्। चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो।