अधिकारीले जितिन् बजाजको बम्पर उपहार

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको बिक्री प्रवद्र्धन योजनाको बम्पर उपहार तुलसादेवी अधिकारीले जितेकी छिन् ।

‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजनाको बम्पर पुरस्कारबापतको १० लाख रुपैयाँ मोरङको उर्लाबारीकी अधिकारीले जितेकी हुन् ।

नयाँ वर्ष २०७९ को अवसर पारेर सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत बम्पर विजेता अधिकारीले उर्लाबारीको श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेको कम्पनीले जनाएको छ । यो योजनामा कम्पनीले बजाजको बाइक खरिद गर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्न सक्ने व्यवस्था गरेको जनाएको छ । 

सुझावित समाचार