निजगढ विमानस्थल यथाशीघ्र सुरु गर्न संसदीय समितिको निर्देशन

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

बाराको निगजढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेस गरेको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै समितिले निजगढ विमानस्थल तत्काल अगाडि बढाउन निर्देशन दिएको हो । समितिले सोमबार पारित गरेको उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने पनि निर्णय गरेको छ ।

उपसमितिले विमानस्थल निर्माणस्थलको अध्ययन भ्रमण गरेर तयार पारेको सुझावसहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । सोही प्रतिवेदनमा टेकेर समितिले यथाशीघ्र निजगढ विमानस्थल निर्माण कार्य सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।हालै मात्र सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश जारी गरेको छ । सर्वोच्चले अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न निर्देशन दिएको छ । 

भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट विमानस्थलका रूपमा विकास गर्न समितिले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

सुझावित समाचार