आइजिपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै छ । धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

सरकारले पहिलो वरीयतामा रहेका एआइजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरीयताक्रममा रहेका सिंहलाई आइजिपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । पोखरेलले आफूभन्दा कनिष्ठलाई आइजिपीमा नियुक्त गर्नु प्रहरी ऐनविपरीत भएको भन्दै रिट दायर गरेका थिए । 

See More On

सुझावित समाचार