१७ हप्तामा १५ सय पिन्ट रगत संकलन

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

‘हजुरलाई नमस्ते परोपकारी संस्था’ले १७ हप्ताको अवधिमा एक हजार पाँच सय पिन्ट रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो। 

पहिलो चरणमा १५ हप्तासम्म र दोस्रो चरणमा दुई हप्तासम्म रगत संकलन गरिएको हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख ताराबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ।

‘हाम्रो सानो प्रयासले कसैको जीवन बाँच्छ, हामीले सकेसम्म हप्ताको एक दिन रंगत संकलन गर्ने भनेर योजना बनाएका छौँ, त्यसैअनुसार नै रगत संकलन हुने गरेको छ,’ कुवँरले भने, ‘यसलाई अझै निरन्तरता दिन्छौँ ।’

उनले रक्तदान कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागितासमेत गराउँदै आएका छन्। शनिबार आयोजना गरिएकोे रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।

See More On

सुझावित समाचार