गएराति पहिरो झरेर अवरुद्ध बनेको मुग्लिङ -नारायणगढ सडक खुल्यो

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

चितवनको इच्छाकामना गाउँपालिका ६ तोपे खोलामा पहिरो झर्दा अबरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुलेको छ । शुक्रबार साँझको अविरल वर्षाका कारण माथीबाट पहिरो झर्दा  पुनःबाटो दुबैतर्फ अबरोध भएको थियो ।  

तोपे खोलामा आएको पहिरो पन्छाई १:३० बजे नै बाटो दुबैतर्फ सुचारू भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सुझावित समाचार