मिटरब्याजीविरुद्धको आन्दोलनका अभियन्ता वाग्लेको मृत्युको उच्चस्तरीय अनुसन्धान गर्न माग

समाचार प्रकाशनका लागि नयाँ पत्रिकालाई संसद्मा धन्यवाद ज्ञापन

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण
मिटरब्याजीविरुद्धको आन्दोलनका अभियन्ता वाग्लेको मृत्युको उच्चस्तरीय अनुसन्धान गर्न माग

फाइल फाेटाे ।

माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीविरुद्धको आन्दोलनका अभियन्ता डाचाराज वाग्लेको मृत्युका विषयमा उच्चस्तरीय अनुसन्धान गर्न माग गरेका छन्। सर्लाहीका वाग्लेको प्रतिगमनविरोधी आन्दोलनका क्रममा रहस्यमय मृत्यु भएको भन्दै पोखरेलले शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘प्रतिगमनविरोधी आन्दोलनका क्रममा उहाँको रहस्यमय मृत्यु भयो। नेपाल सरकारले सिआइबीमार्फत अनुसन्धान पनि गर्याे, तर अनुसन्धानलाई हेर्दा औपचारिकता पूरा गर्ने खालको मात्र अनुसन्धान भयो,’ उनले भने। मिटरब्याज मधेसको मात्र नभएर देशकै समस्याका रूपमा रहे पनि यसका लागि कानुन, प्रहरी, प्रशासन र अदालत अझै तयार नभएका उनले उल्लेख गरे।

सरकारले अपराधको सूचीमा मिटरब्याजीलाई सामेल गरिसकेको अवस्थामा वाग्लेको मृत्युको विषयमा उच्चस्तरीय अनुसन्धान गर्न सांसद पोखरेलले सरकारको ध्यानाकर्षण गराए।

नयाँ पत्रिकाले मिटरब्याजीहरूको शोषणमा परेका सर्वसाधारणको समाचार प्रकाशित गरेको विषय संसदमा उल्लेख गर्दै उनले धन्यवाद ज्ञापन गरे। नयाँ पत्रिकाले पछिल्लो समय सर्लाहीको चन्द्रनगर गाउँपालिका– ३ बडकुर्वाका साहुकार नरेश चौधरी, सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) र रामबाबु राय यादव, विराटनगर महानगरपालिका– ९ घोगापुल चोकमा बस्दै आएका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार, सप्तरी खडक नगरपालिकाको कल्याणपुर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीलगायतबाट पीडितहरूको समाचार प्रकाशन गरेको थियो ।

याे पनि पढ्नुहाेस् : १० लाख ऋणको ३२ लाख असुली, १६ कट्ठा जग्गा पनि कब्जा, ब्याज मिनाहा गर्छु भनेर तीन वर्षसम्म ‘यौन शोषण’

सुझावित समाचार