मुगुको खत्याड गाउँपालिका– ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन्। मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर पूर्ण रूपले नष्ट भएको छ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए। आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटाइएको उनले जानकारी दिए।
सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन्। अहिले आगलागी करिब नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको सुरक्षाकर्मीको भनाइ छ।