प्रेमीको जन्मदिन मनाउन गएकी किशोरीमाथि सामूहिक बलात्कार

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

बर्दियाको सीमामा पर्ने मानखोलाको जंगलमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । फेसबुकको माध्यमबाट चिनजान भई प्रेम गरेका प्रेमीको जन्मदिन मनाउन बर्दिया गएकी किशोरी सामूहिक बलात्कारमा परेकी हुन् ।
 
बलात्कार अभियोगमा सातजनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बलात्कारमा संलग्न पाँचजना र सहयोगी दुईजना गरी सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको बताए ।

प्रेमी भेट्न पुगेकी ती किशोरीलाई मानखोलाकै जंगलमा मदिरा खुवाएर हेमराज र उनका चारजना साथीले पालैैपालो बलात्कार गरेको किशोरीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारमा संलग्न रहेको अभियोगमा बैजनाथ गाउँपालिका- ८ का हेमराज थारू, बिक्रान्त थारू, निराजन थारू, प्रवीण थारू र राजकुमार थारूलाई पक्राउ गरेको छ ।  बलात्कारमा सहयोग गरेको अभियोगमा विश्वनाथ थारू र निर्देश थारूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए ।  
 

सुझावित समाचार