नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरिएको छ।

बढुवा हुने पहिलो नम्बरमा उत्तमराज सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनी रहेका छन् । त्यस्तै मुकुन्दराज आचार्य र पूजा सिंहलाई पनि एआइजीमा बढुवा गरिएको छ। 

गृह मन्त्रालयको बढुवा समितिको बैठकले पाँचजनाको नाम सिफारिस गरेअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआइजीमा बढुवा गरेको हो।

सुझावित समाचार