सुदूरपश्चिमको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले भारतसँग महाकालीपारि दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

‘सुदूरपश्चिममा ड्राई पोर्ट बनाउने भारत सरकारसँग सहमति भएको छ। महाकालीपारि दोधारा–चाँदनीमा ड्राई पोर्ट भएको खण्डमा सीधै सुदूरपश्चिम प्रदेश भारतको बम्बईसँग कनेक्ट हुनेछ । सीधै बम्बईबाट मालसामान ल्याउन सकिनेछ । यसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु,’ उनले भने।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत् परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन्।

सुझावित समाचार