१३ वटा केन्द्रीय विभागमा सदस्यहरू मनोनीत, चारको मात्रै नामावली सार्वजनिक
एमालेले केन्द्रीय विभागहरूलाई पूर्णता दिन थालेको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ३३ वटा केन्द्रीय विभागमध्ये बिहीबारसम्म १३ वटा केन्द्रीय विभागमा सदस्य मनोनीत गरिएको छ । तर, कार्यालयले चारवटा विभागमा मनोनयन भएका सदस्यको नामावली मात्रै बाहिर ल्याएको छ ।
किरण गुरुङ प्रमुख रहेको संघीय मामिला तथा प्रशासन विभागमा शिव गुरुङ, झलक सुवेदी, अभिकेशर ओली, माधव बास्तोला, पी. बिडारी, महेश खरेल, नरकुमार गुरुङ, पुण्य ढकाल, लेखनाथ कोइराला छन् ।
त्यस्तै, सुवास नेम्वाङ प्रमुख रहेको संसदीय मामिला विभागको सदस्यहरूमा खिमलाल भट्टराई, विशाल भट्टराई, पार्वती रावल, शान्ता चौधरी, नारायण मरासिनी, गणेश ठगुन्ना, सरिता न्यौपाने, विमला विश्वकर्मा, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल, राजबहादुर बुढा क्षेत्री, सूर्य पाठक र कृष्णभक्त पोखरेल मनोनीत भएका छन् ।
झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएका छन् ।
भीम आचार्य नेतृत्वको पर्यटन विभागमा कृष्ण अर्याल, राजेन्द्रप्रसाद सापकोटा, सोनाम ग्याल्जेन शेर्पा, टीका गुरुङ, सिर्जना शर्मा, सीताराम सापकोटा, घनेन्द्र श्रेष्ठ, रमेश कुँवर, बद्री अधिकारी, सुकमाया लामा, लक्ष्मी कार्की, पूर्णबहादुर कुँवर, जया बराल, चेतनारायण पाण्डे, कृष्ण चौधरी, सञ्जीव गौतम, लंकबहादुर शाही, सुमनप्रसाद पराजुली, परमानन्द भण्डारी, बलिराम दास, विजय नेपाल, डा. आलोक प्रसाईं, गंगा आचार्य, नरेश भट्टराई सदस्य मनोनीत भएका छन् ।