क्रान्तिकारीले तोडेको भोलिपल्टै त्रिविमा पुन: तालाबन्दी

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र आंशिक प्राध्यापक संघले लगाएको ताला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले तोडेको भोलिपल्ट फेरि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी भएको छ ।

नेविसंघले गत ६ माघदेखि विभिन्न माग राखी ताला लगाएको थियो । पछि त्रिवि आंशिक प्राध्यापक संघले समेत ताला लगाएको थियो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मध्यकेन्द्रीय कमान्डका इन्चार्जको नाममा बुधबार प्रेस विज्ञप्ति जारी गरी ताला फोडिएको थियो । 

नेविसंघको विश्वविद्यालय एकाइका सचिव योगेन्द्र रावलले त्रिविका पदाधिकारीकै योजनामा नक्कली पार्टी खडा गरी ताला फोडिएको र आफ्ना माग पूरा नभएकाले पुनः ताला लगाएको बताए ।

त्रिविका पदाधिकारीले ताला लगाउने संगठनसँग वार्ताको ढोका बन्द गरी लाखौँ खर्चेर नक्कली पार्टी खडा गरी ताला फोरेको नेविसंघ विश्वविद्यालय समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । नेविसंघले एकाइले विश्वविद्यालयका पदाधिकारीले मुठभेडका लागि निम्तो दिएको र त्यसका लागि आफूहरू तयार रहेको उल्लेख छ । 

सुझावित समाचार