विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आज एक शोक वक्तव्य जारी गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

‘नेपाली कांग्रेस यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमानचालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ शोक वक्तव्यमा उल्लेख छ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थसाङ गाउँपालिका– २ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुले ज्यान गुमाएका थिए। कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि सरकारसँग माग गरेको छ।

सुझावित समाचार