पर्यटन र उड्डयनमा २१ अर्ब ५४ करोड विनियोजन

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा २१ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । उनले पर्यटन क्षेत्रमा ९ अर्ब ३० करोड र उड्डयन क्षेत्रमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा थप १० लाख पर्यटक भित्र्याउन गरी प्रवर्धनात्मक कार्यक्रम अगाडि बढाउने भएको छ । दुई घण्टामा सगरमाथा पुगेर फर्किने गरी सडक विस्तार गर्ने घोषणा गरिएको छ । नयाँ पर्यटकीय प्रडक्ट विकास र भएका पर्यटकीय प्रडक्टको प्रवर्धनका लागि सरकारले विशेष जोड दिने भएको छ ।

सरकारले पर्यटन क्षेत्रका लागि नौ अर्ब ३० करोड बजेट बिनियोजन गरेको छ । तराई क्षेत्रका आन्तरिक उडान हुने विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गरिने भएको छ । धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्री विमानस्थलका रूपमा विकास गर्न अध्ययन गरिने भएको छ । सुर्खेतमा नयाँ विमानस्थल निर्माण कार्य अगाडि बढाइने भएको छ । यस्तै, उदयपुर विमानस्थल निर्माण पनि अगाडि बढाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक र व्यवस्थापकको रूपमा छुट्टाछुट्टै सेवा प्रवाह गर्ने गरी को पुनर्संरचना गर्ने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एभियसन क्षेत्रका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुझावित समाचार