सुनापति पालिका प्रमुखको पहिलो निर्णय– सुत्केरी महिलालाई चार हजार भत्ता

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका सुनापति गाउँपालिकाका प्रमुखले कार्यभार सम्हालेकै दिन पालिकामा सुत्केरी महिलालाई चार हजार रुपैयाँ भत्ता दिने निर्णय गरेका छन् ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले सोमबार पदभार सम्हाल्दै उक्त निर्णय गरेका हुन् । पालिका प्रमुखले गरेको उक्त निर्णयले सुनापति गाउँपालिकाका महिलाहरू अत्यतै खुसी भएका छन् । यसअघि उक्त पालिकामा सुत्केरी महिलाहरूले भत्ता रकम पाएका थिएनन् । 

सुझावित समाचार