प्रतितोला सुनको मूल्य ९८ हजार कायम

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. ९७ हजार तीनमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु. सात सयले बढेको हो।     

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार आठ सय थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार दुई सय ७० कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४६ डलरआसपास कारोबार भइरहेको छ। रासस

सुझावित समाचार