माटो जोगाउनका लागि युएनसिसिडी कप १५ को सम्मलेनमा सद्‌गुरुद्वारा सम्बोधन

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

माटो जोगाउनको लागि ३०,००० किलोमिटरको १०० दिवसीय एकल मोटरसाइकल यात्रामा रहेका जग्गी वासुदेव सद्‌गुरुले युएनसिसिडी कप १५ सम्मेलनमा सम्बोधन गरेका छन्। १९७ राष्ट्रका प्रतिनिधिहरूलाई उनले आइभोरिकोस्टमा सम्बोधन गरेका हुन्। 

कृषियोग्य माटोमा कम्तीमा पनि ३-६% जैविक पदार्थ सुनिश्चित गर्ने अनि यसको लागि त्रिस्तरीय रणनीतिहरू अपनाउनुपर्ने उनले बताए। कृषियोग्य भूमि खराब भइरहेको स्थितिलाई उल्टाउनको लागि सरकारहरूद्वारा राष्ट्रिय नीति निर्माणमा गरिने प्रयासलाई थप सशक्त बनाउनुपर्ने उनले बताए। 

फरक−फरक अवस्थामा रहेको माटोमा, विभिन्न कृषि−जलवायु क्षेत्रहरूमा, विभिन्न प्रकारका सांस्कृतिक र आर्थिक प्रचलनहरूको सन्दर्भमा भूमिको क्षय वा विनाशलाई कसरी सम्हाल्ने भन्नेबारे थुप्रै वैज्ञानिक मतभेदहरू रहेको उनले बताए। 

‘सबैभन्दा महत्त्वपूर्ण पक्षलाई प्रस्तुत गर्न सकिन्छ— कृषियोग्य माटोमा कम्तीमा पनि ३-६% जैविक पदार्थ सुनिश्चित गर्ने। यसले गर्दा विश्वभरिका कृषियोग्य भूमिहरूमा हाम्रो माटो निकै लामो समयसम्म जीवन्त, ऊर्वर र समृद्ध रहिरहन्छ,‘ सम्बोधनको क्रममा उनले भने। 

किसानहरूलाई हरितगृह उत्सर्जन कम गर्नको लागि केही निश्चित सहुलियतहरू दिनुपर्ने उनको धारणा छ। उपयुक्त सरकारी नीतिहरू बनाउने हो भने माटोको विनाशको संकटपूर्ण घडीलाई उल्टाउन सकिने उनको धारणा छ।

सुझावित समाचार