हस्ताक्षर नभएका मतपत्र पाइएपछि धरान उपमहानगरमा मतगणना स्थगित

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

धरान उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना स्थगित भएको हो।

माओवादी केन्द्रको ११, नेपाली कांग्रेसको चार र नेकपा एमालेको तीनवटा गरी १८ वटा मतपत्रमा हस्ताक्षर नभएको पाइएपछि दलका कार्यकर्ताले विरोध र नाराबाजी गरेपछि मतगणना स्थगित भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए।

विरोध र नाराबाजीको कारण मतगणना अगाडि बढाउन नसकेकाले अहिले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए।

सुझावित समाचार