ललितपुर महानगरपालिका– १४ का उम्मेदवारको हृदयघातका कारण निधन

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिका– १४ का उम्मेदवार रामबाबु महतको निधन भएको छ। गएराति हृदयघातका कारण उनको निधन भएको हो। उनी सो वडाका निवर्तमान अध्यक्ष हुन्।

यसपटक नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए। उनी उम्मेदवार बनेको वडामा अझै मतगणना हुन बाँकी छ।

सुझावित समाचार