हुम्लाका चार मतदान केन्द्रबाट मतपेटी संकलन गर्न कठिन, हेलिकाेप्टर पठाउने तयारी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

भौगोलिक विकटताका कारण हुम्लाका चार मतदान केन्द्रबाट मतपेटी र कर्मचारी गणनास्थलमा पुग्न सकेका छैनन् । ४८ सय मिटर नारा लेख पारी गर्न कटिन भएपछि नाम्खा गाउँपालिका ६ लिमिका  भृकृटी आधारभूत विद्यालय जाँग सुनखानी आधारभुत विद्यालय हल्जी हिमशिखर आधारभुत विद्यालय तिल मतदान केन्द्रबाट याल्वाङ पुग्न सकस भएको हो।

यस्तै गरी, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटी र कर्मचारी नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।

चंखेली गाउँपालिका ५ को नेप्काबाट  मतपेटीसहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए। नाम्खा गाउँपालिका ६ को लिमि मतदान केन्दको हेलिकाेप्टरबाट मतपेटिका कर्मचारी भोली मात्रै ल्याउने भएको निर्वाचन कार्यालय प्रमुख रावलको भनाई छ।   
 

See More On

सुझावित समाचार