सप्तरीमा मतपेटिकामा तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदानस्थलमा तोडफोड भएको छ । मतदानस्थल तोडफेडका क्रममा मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । नगरपालिकाको वडा नम्वर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा केही व्यक्तिहरूले अचानक  मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेका हुन् ।

कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराज पठाइएको छ भने घटनापछि तत्कालका लागि मतदान स्थगित गरिएको छ । 

सुझावित समाचार