वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

हुम्लाका तीनवटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ। वर्षाका कारण हुम्लाको नाम्खा गाउँपालिकाको महाबाैद्ध माध्यमिक याल्वाङ, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश, र स्वयम्भु आधारभूत विद्यालय बराईमा पानी परेपछि मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। 

महाबाैद्ध माध्यमिक विद्यालय याल्वाङमा खाना खाएपछि हाल्ने भनिएपछि मतदान सुरु नभएको हो। चंखेली गाउँपालिका- ५ को डाँफे आधारभूत विद्यालय नेप्कामा ७ बजे र सर्केगाड गाउँपालिका- ८ को अंशुवर्मा आधारभूत विद्यालयमा साढे ७ बजेबाट मतदान भएको छ।
 

सुझावित समाचार