बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

दाङस्थित बवई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका - ६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदी छन् ।

बिहीबार दिउँसो पौने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको  छ । 

त्यस्तै, बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् ।  बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका- १० नारायणपुरका १६ वर्षीय प्रशान्त वली बेपत्ता भएका हुन् ।

उनी तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुरा मामाघर पूजामा गएका बेला पौडी खेल्न बबई गएका थिए । उनको खोजी भइरहेको अर्यालले बताए । 

सुझावित समाचार