ताप्लेजुङको मिक्वाखोला– १ खोक्लिङमा एक युवा मृत भेटिएका छन्। एक्स्काभेटरचालक २३ वर्षीय विमल कार्की दोभानबाट आफ्नो घर खोक्लिङतर्फ जाने क्रममा दुम्जा भिरबाट खसेको अवस्थामा राति फेला परेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको बताइएको छ। उता, दोभान इलाका प्रहरी कार्यालयबाट पनि प्रहरी टोली घटनास्थल पुगिसकेको बताइएको छ। घटनाबारे थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।