आचारसंहिता बनाउन बसेको सर्वदलीय बैठकमा झडप, एमाले वडाध्यक्षका उम्मेदवार घाइते

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

बझाङको सुर्मा गाउँपालिकामा आचारसंहिता बनाउन बसेको सर्वदलीय  बैठकमा विवादपछि झडप हुँदा  वडा नम्बर ५  एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छ्न् । झडपमा अध्यक्षका उम्मेदवार धर्क बोहरा र  अर्का एमाले कार्यकर्ता रामगिरि बोहरा घाइते भएका हुन् ।

घाइतेको टाउको र शरीरमा चोट लागेकाे छ। घाइते दुवैजनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । आचारसंहिता बनाउन बसेको सर्वदलीय  बैठकमा एक्कासि कांग्रेस कार्यकर्ताले आक्रमण गरी उम्मेदवारलाई कुटपिट गरी  घाइते बनाएको स्थानीय विनोद बोहराले बताए । 

घाइतेहरूले आक्रमण गर्नेहरूको नाममा दौलीचौर प्रहरीचौकीमा उजुरी दिएका छन् ।

See More On

सुझावित समाचार