गुल्मीको छल्दी खोलामा डुबेर दुई बालकको मृत्यु

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण
गुल्मीको छल्दी खोलामा डुबेर दुई बालकको मृत्यु

प्रतिकात्मक तस्बिर ।

गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ। रेसुंगा नगरपालिका–१४ का पदम सामतका १७ वर्षीय छोरा अनिल सामत र जितबहादुर सामतका १३ वर्षीय छोरा सुधन सामतको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

सोमबार घरबाट हिँडेका दुई बालक साँझ नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। मंगलबार स्थानीय छल्दी खोलामा दुवैजनाको शव भेटिएको दाहालले जानकारी दिए। शवनजिकै दह र बल्छी भेटिएकाले माछा मार्न बालकहरू खोलामा गएको अनुमान गरिएको छ।

See More On

सुझावित समाचार