महिला मृत फेला, वाइसिएलले हत्या गरेको एमालेको दाबी

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– ११ की एक महिला मृत फेला परेकी छिन् । वैशाख १९ गतेदेखि बेपत्ता दुठी बुढामगर सोमबार गाउँ नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
 
शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको उनले बताए । नेकपा एमालेले भने बुढाको हत्या भएको दाबी गरेको छ । एमालेले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएलले हत्या गरेको आरोप लगाएको छ । 

शरीर बन्धक बनाएर बलात्कार गरी हत्या गरेर शव जंगलमा फालेको गम्भीर आरोप एमालेको छ । वैशाख १९ गते पुथाउत्तरगंगा गाउँपालिका– ११ को तल्लो सेरामा जनभेटघाट तथा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको एमालेका जिल्ला अध्यक्ष टोपबहादुर ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृत फेला परेकी दुठी उक्त घटनामा बेपत्ता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

See More On

सुझावित समाचार