वडाध्यक्षका उम्मेदवारको निधन

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरू चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको साेमबार राति मृत्यु भएको हो । बघौसीनिवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको बिरामी थिए । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडासदस्य भएरसमेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासि बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगियो । तर, त्यहाँ पनि सन्चाे नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए। उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए। 
 

See More On

सुझावित समाचार