श्रीलंकामा भिडन्त हुँदा सांसदसहित दुईजनाको मृत्यु, १३९ घाइते

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

श्रीलंकामा भएको हिंसामा सोमबार सत्तारूढ दलका एक सांसदसहित दुईजनाको मृत्यु हुनाका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।

सांसद अमरकिर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुईजना गम्भीर घाइते भएको र घाइतेमध्ये एकजनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसदले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् ।

कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेसनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।     
  
 

सुझावित समाचार