सफा र व्यवस्थित काठमाडौं मेरो संकल्प : सिर्जना सिंह

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीहरूसँग सहकार्य गरेर काठमाडौं सुधार्ने प्रतिबद्वता व्यक्त गरेकी छिन्। काठमाडौंमा बुद्धिजीवीहरूको भेलालाई सम्बोधन गर्दै उनले विज्ञहरूको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने बताएकी हुन्। 

कार्यक्रममा बोल्दै उनले काठमाडौंलाई काठमाडौंजस्तो बनाउन कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काठमाडौंलाई व्यवस्थापन गर्नेसमेत बताइन्। काठमाडौंको कला–संस्कृतिको संरक्षणमा लाग्नेसमेत उनले बताइन्। 

‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा हो,’ सिंहले भनिन्, ‘काठमाडौं अस्तव्यस्त छ। विगतमा पिएल सिंहको कार्यकालमा केही सुधारिएको त्यसपछि बनाउनुको सट्टा बिगार्ने काम भएको छ। मेयर भएकै दिनदेखि नै सबैसँग सहकार्य गरेर आगाडि बढ्नेछु।’

सुझावित समाचार