आइजिपी बढुवा विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेकोविरुद्ध दायर भएको मुद्दामा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चले बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमाथि आदेशका लागि आजका लागि पेसी तोकेको थियो।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले १९ वैशाखमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

See More On

सुझावित समाचार