कलाकार केसी र खड्काद्वय कांग्रेस प्रवेश

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई आज पार्टी प्रवेश गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायत सहभागी थिए । 

सुझावित समाचार