तस्बिरमा इद–उल–फित्र

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

आज  इस्लाम धर्मावलम्बीले   इद–उल–फित्र  पर्व मनाउँदै छन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ ।

रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाई कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौब्बाल प्रारम्भ भएकै दिन इद मनाइन्छ । काठमाडौंको कास्मिर मस्जिदमा देखिएका केही दृश्य :

सुझावित समाचार