नेपाल र जिम्बावेबीचको खेल वर्षाले प्रभावित

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण
नेपाल र जिम्बावेबीचको खेल वर्षाले प्रभावित

फाइल तस्बिर

नेपाल र जिम्बाब्वे एबीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्ध भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनयकुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्ध भएको जनाएका थिए । 

नेपालले अब तेस्रो खेल बुधबार खेल्नेछ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

वर्षाअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको थियो । 

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बाब्वे एसँग शृंखला खेलिरहेको छ । ट्वान्टी–२० पछि नेपालले एकदिवसीय सिरिज त्रिवि क्रिकेट मैदानमा नै खेल्नेछ ।

सुझावित समाचार