युवकलाई बन्धक बनाएको आरोपमा सिनामंगलबाट पाँचजना पक्राउ

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले सिनामंगलबाट पाँचजनालाई पक्राउ गरेको छ। सिराहाका पवनकुमार यादवलाई बन्धक बनाएको आरोपमा प्रहरी परिसर काठमाडौंको टोलीले पाँचजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुरका सञ्जन ओली, आशिष कोजू, नीरज केसी, सौजन्य सिंह र सन्तोष न्यौपाने छन्। अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। वृत्तका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

See More On

सुझावित समाचार