आसन्न स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा दुई हजार दुई सय ८४ उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार चार सय ७८ पदका लागि सो संख्यामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानमहादुर महराले दुई दिन दर्ता भएको मनोनयनअनुसार नौवटै पालिकाबाट खुला सदस्य, महिला सदस्य, दलित महिला सदस्य, वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, उपप्रमुख र प्रमुख गरी सबै पदमा उम्मेदवारी दर्ता भएको बताए ।
नौ स्थानीय तहमध्ये सात प्रमुख र दुई उपप्रमुखका लागि ७३, सात उपप्रमुख र दुई उपाध्यक्षका लागि ५६, ९२ वडाध्यक्षका लागि ६ सय दुई, ९२ महिला सदस्यका लागि तीन सय ९१, ९२ दलित महिला सदस्यका लागि तीन सय ५७ र एक सय ८४ खुला सदस्यका लागि आठ सय तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बेलडाँडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि लागि ६–६ र वडाध्यक्षका लागि एक सय २२, महिला सदस्यका लागि १७, दलित महिला सदस्यमा १७ र खुला सदस्यमा ४५ गरी जम्मा दुई सय १३ जनाको उमेदवारी दर्ता भएको छ । लालझाडी गाउँपालिकामा अध्यक्षका लागि ६, उपाध्यक्षका लागि चार, वडाध्यक्षका लागि २८, महिला सदस्यका लागि २८, दलित महिला सदस्यका लागि १८ तथा खुला सदयस्का लागि ४४ गरी जम्मा एक सय २१ ले उम्मेदवारी दर्ता गराएका छन् ।
बेलौरी नगरपालिकामा ६ प्रमुख, सात उपप्रमुख, ४९ वडाध्यक्ष, ४५ महिला सदस्य, ३६ दलित महिला सदस्य, ९३ खुला सदस्य गरी दुई सय ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पुनर्वास नगरपालिकामा सात प्रमुख, पाँच उपप्रमुख, ६४ वडाध्यक्ष, ५० महिला सदस्य, ४७ दलित महिला सदस्य, एक सय दुई खुला सदस्य गरी दुई सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, कृष्णपुर नगरपालिकामा सात प्रमुख, ६ उपप्रमुख, ५७ वडाध्यक्ष, ४२ महिला सदस्य, ३६ दलित महिला सदस्य, ८२ खुला सदस्य गरी दुई सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शुक्लाफाँटा नगरपालिकामा आठ प्रमुख, पाँच उपप्रमुख, ६७ वडाध्यक्ष, ४२ महिला सदस्य, ३९ दलित महिला सदस्य, ९६ खुला सदस्य गरी दुई सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बेदकोट नगरपालिकामा ११ प्रमुख, चार उपप्रमुख, ५९ वडाध्यक्ष, ४३ महिला सदस्य, ४१ दलित महिला सदस्य, ८६ खुला सदस्य गरी दुई सय ४४ ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, भीमदत्त नगरपालिकामा सबैभन्दा बढी चार सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकामा १४ प्रमुख, ११ उपप्रमुख, एक सय ६ वडाध्यक्ष, ८२ महिला सदस्य, ७३ दलित महिला सदस्य, एक सय ६० खुला सदस्य गरी चार सय ४६ ले उम्मेदवारी दर्ता गराएका छन् । दोधारा–चाँदनी नगरपालिकामा प्रमुख र उपप्रमुखमा आठ–आठ, वडाध्यक्षमा ५२, महिला सदस्य ४९, दलित महिला सदस्य ४८, खुला सदस्य ९५ गरी दुई सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।