आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनको उद्घोष

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण
आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनको उद्घोष

फाइल फाेटाे ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जनसेना (केपिए) स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन्।

‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अवलम्बन गर्नेछौँ,’ किमले भने। उनका अनुसार उत्तर कोरियाले कुनै पनि वेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ। रासस/एएनआई

सुझावित समाचार