नेपाल एथलेटिक्स संघले सेप्टेम्बरमा चीनको हान्झोउ सहरमा आयोजना हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि खेलाडी छनोट १५ र १६ वैशाखमा गर्ने भएको छ ।
नेपाल एथलेटिक्स संघका सचिव राधाकृष्ण विष्टले आइतबार एसियाली खेलकुदका लागि दुईदिने प्रारम्भिक छनोट हुने बताएका छन् । छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
‘एसियाडमा एथलेटिक्स खेलको पनि सहभागिता हुनेहुँदा खेलाडीको दक्षतालाई मध्यनजर गर्दै प्रारम्भिक छनोट प्रतियोगिता हुनेछ,’ उनले भने, ‘प्रतियोगिताको छनोट खेल रंगशालामा हुनेछ ।’ संघले एसियाडमा छनोट हुनका लागि चार मापदण्ड राखेको छ ।