धादिङमा बस र कार ठोकिँदा पाँचजनाको मृत्यु

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

धादिङको थाक्रे गाउँपालिका– ७ जुंगेखोलामा बस र कार ठोकिँदा पाँचजनाको ज्यान गएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा.५ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार पाँचजनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय विमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल रहेको डिएसपी भण्डारीले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

See More On

सुझावित समाचार