बैकिङ कसुर मुद्दामा फरार पक्राउ

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

बैकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादी पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय लमजुङ र काठमाडौं प्रहरीको समन्वयमा लमजुङको मर्स्याङ्दी गाउँपालिका - ९ सिम्पानी घर भएकी वर्ष ४१ की बिमला बर्दियालाई शनिबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। 

उच्च अदालत पाटनले ०७८ पुस २६ गते र ०७७ फागुन १७ गतेको फैसला गरेदेखि फरार रहेकी  विमलालाई शनिबार पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए। 

पक्राउ परेकी विमलालाई उच्च अदालत पाटनले ७ दिन कैद र ४४ लाख ९१ हजार ९ सय जरिवाना तोकेको थियो। अदालतको फैसलादेखि फरार रहेकी उनलाई आइतबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए। 

See More On

सुझावित समाचार