टिकट वितरणको विषयमा विवाद हुँदा माओवादी कर्णाली प्रदेशका सहसचिव कुटिए

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेपछि  माओवादी केन्द कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका छन्।

माओवादीले गोलाप्रथाबाट गोविन्दबहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको भन्दै चंखेली गाउँपालिका अध्यक्षका आकांक्षी रहेका ध्रुवबहादुर शाहीले हातपात गरेका हुन्। सहसचिव जैसीले गोला प्रथा गरी अध्यक्ष छनाेट गरेको भन्दै हातपात भएको हो। 

गाउँपालिकामा आठजनाले अध्यक्षमा आकांक्षा हुँदा हुँदै मनपरी रूपले टिकट वितरण गरेपछि बाध्य भएर विरोध गरेको शाहीको भनाइ छ।  जिल्ला प्रहरी कार्यालय हुम्लाले आफूहरूलाई घटनाबारे केही सूचना नआएको जनाएको छ। गोलाप्रथाबाट उम्मेदवार सिफारिस गरेपछि अध्यक्षका अन्य आकांक्षीहरूले असन्तुष्टि जनाएको बताइएको छ।
 

See More On

सुझावित समाचार